२ अर्बको खाद्य बैंक जसले ल्याउँदैछ ६० करोडको आईपीओ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ अर्बको खाद्य बैंक जसले ल्याउँदैछ ६० करोडको आईपीओ

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय भएको दुई अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकले अहिले देशका विभिन्न स्थानबाट अर्गानिक खाद्य सामाग्री ल्याएर भक्तपुरको लोकन्थलीस्थित आरकेबीएल मार्टमार्फत बिक्री गर्दै आएको छ । उसले उक्त मार्टका सामान काठमाडौँका सम्पूर्ण ठाउँमा नि:शुल्क डेलिभरीसमेत गर्दै आएको छ ।

राष्ट्रिय खाद्य बैंक नेपालमा उत्पादित कृषि उत्पादनहरूलाई बजारीकरण र भण्डारण गर्ने उद्देश्यसहित २०७७ कात्तिकमा स्थापना भएको हो । योे बैंकले उत्पादन भण्डारण बिक्री वितरणसहित रैथाने बालीको संरक्षण गर्दै अर्गानिक कृषि उत्पादन बिक्री गर्दै आएको छ । बैंकले विषादीरहित स्वस्थ खानेकुराहरू मात्र बजारिकरण गर्दै आएको छ । एक लाखभन्दा बढी स्थानीय किसानहरूसँग सहकार्य गर्दै आइरहेको खाद्य बैंकका अध्यक्ष शंकर उप्रेतीले बताए । 

Read More
  • EBL Ad news