काठमाडौं : माण्डु हाइड्रोपावरको आइपीओमा १ अर्ब १३ करोड ६४ लाख २७ हजार ८४० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज दोस्रो दिन (भदौ ११ गते) साँझ ५ः०७ बजेसम्ममा ४ लाख ९८ हजार ८०९ जनाले ५५ लाख १६ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५७ गुणा बढी आवेदन हो ।
यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले आइतबार (भदौ १० गते) देखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।






