व्यवस्थापन किन पढ्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
व्यवस्थापन किन पढ्ने ?

- रविचन्द्र पराजुली

कक्षा १० सम्म विद्यार्थीले के पढ्ने भन्ने निर्णय विद्यालयले गर्छ । यसक्रममा उनीहरूले नेपाली अङ्ग्रेजी, विज्ञान, गणित जस्ता आधारभूत विषयहरू पढाउने गर्छन् । हुन त कक्षा ९ देखि नै विज्ञान सामाजिक शास्त्र, लेखाजस्ता ऐच्छिक विषय छनोट गर्न विद्यार्थीले पनि पाउँछन् । यसबाट आगामी दिनमा आफ्नो भविष्य कुन पेसा वा व्यवसायतर्फ लग्ने भन्ने निर्णय गर्ने जिम्मा समेत विद्यार्थीमै आउने गर्छ तर अधिकांश विद्यालयले आफ्नो सुविधानुसार ऐच्छिक विषयलाई पनि अनिवार्य विषयका रूपमा पढाउँदै आएका छन् । अर्कोतर्फ अधिकांश अभिभावकले बालबालिकालाई विज्ञान, गणितजस्ता विषय नै रोज्न लगाउने गरेका कारण विद्यार्थीलाई आफ्नो रुचिको विषय छान्ने स्वतन्त्रता पाउँदैनन् ।
कक्षा १० पछि भने यस अवस्थामा परिवर्तन आउँछ । विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छनोट गर्छ पाउँछन् । यसमा उनीहरूले आफ्ना अभिभावक, शिक्षक, अग्रज तथा साथीभाइसँगको छलफलले मद्दत पु¥याउँछ तर के विषय पढ्दा कहाँ पुगिन्छ, सो विषय पढ्न कत्तिको मिहिनेत चाहिन्छ र आफ्नो लक्ष्य प्राप्त गर्न मद्दत पुग्छ कि पुग्दैन भन्ने निर्णय गर्ने जिम्मा भने विद्यार्थीकै हुन्छ ।

दक्ष जनशक्तिको आवश्यकता
नेपालमा केही वर्षयता बैङ्क, बीमालगायतका वित्तीय कारोबार गर्ने संस्थाहरूको सङ्ख्यामा निकै वृद्धि भएको छ । यसैगरी जलविद्युत्, होटललगायत पर्यटन क्षेत्रका विविध उद्योग, स्वास्थ्य, शिक्षाका साथै विभिन्न उत्पादन तथा सेवामूलक उद्योगको सङ्ख्यामा समेत बढोत्तरी भएको छ । यी सबै क्षेत्रमा स्वदेशी मात्र होइन वैदेशिक तवरबाट समेत लगानी गरिएको छ । सञ्चालनमा रहेका उद्योग कलकारखाना समेत व्यावसायिक बन्दै गएका छन् । विश्वव्यापीकरण तथा प्रतिस्पर्धी अवस्थामा आफ्नो उद्योगलाई अरूभन्दा उत्तम बनाउने चिन्ता लगानीकर्तालाई छ तर सबै उद्योगले भोग्दै आएको समस्या एउटै छ । त्यो भनेकै दक्ष तथा सक्षम जनशक्तिको अभाव । चाहे सरकारी निकाय हुन् वा निजी क्षेत्रका सङ्घसंस्था, कुशल व्यवस्थापकबिना प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैनन् । 

यस्तै व्यवस्थापकीय सीपसहितका जनशक्ति उत्पादन गर्ने प्रमुख विषय नै व्यवस्थापन हो । नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्ने कुल विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थी व्यवस्थापन र यससँग सम्बन्धित विषयमा अध्ययन गरिरहेको तथ्याङ्कले नै यस विषयको महìवलाई दर्शाउँछ ।

सानो होस् वा ठूलो, राष्ट्रिय होस् वा बहुराष्ट्रिय कम्पनी, सरकारी हुन् वा निजी, सेवामूलक हुन् वा उत्पादनमूलक सबै प्रकारका संस्थाले खोज्ने भनेकै योग्य र दक्ष कर्मचारी हुन् । अन्य विषयको महìव आफ्नो ठाउँमा होला तर व्यवस्थापन विषय अध्ययन गर्नेहरूको क्षमता बेग्लै हुन्छ । तर्कसङ्गत रूपमा आफ्ना कुरा राख्न सक्ने, विषय वस्तुको विश्लेषण गर्न सक्ने, जोखिम उठाउन सक्ने, स्वउत्प्रेरणामा काम गर्न सक्ने मानिसको उच्च खोजी हुने गरेको छ । यसैगरी प्रतिवेदन लेख्न सक्ने, वित्तीय प्रतिवेदन लेख्न र यथार्थ अवस्थाको मूल्याङ्कन गर्न सक्ने, सांस्कृतिक तथा अन्य विविधताको सम्मान गर्न सक्ने खुबी अहिलेको आवश्यकताका रूपमा रहेका छन् । यी र यस्तै खुबीको विकास व्यवस्थापन विषय अध्ययन गर्नेहरूमा हुने गरेको छ ।

के के पढाइन्छ 
कक्षा ११ र १२ व्यवस्थापन विषयको विस्तृत अध्ययनको प्रवेशद्वारका रूपमा रहेको छ । यसमा नेपाली र अङ्ग्रेजीसँगै लेखा र वित्तका विभिन्न सिद्धान्त तथा गणितका बारेमा अध्ययन गराउने गरिन्छ । कुनै पनि सङ्घसंस्थाको आम्दानी र खर्चको अवस्था, कोसँग कति रकम लिन बाँकी छ, कसलाई कति पैसा दिनुपर्ने छ, नाफा र नोक्सानीको अवस्था के–कस्तो छ भन्ने बारेमा जानकारी राख्ने काम लेखाले गर्छ । लेखा प्रणाली प्रभावकारी भएमा मात्र संस्थालाई सहजरूपमा सञ्चालन गर्न सकिन्छ । 
यसैगरी व्यावसायिक अध्ययनअन्तर्गत व्यवसायका विभिन्न रूप, कर्मचारीको भर्ना, उत्प्रेरणा, दण्ड पुरस्कार, मानवस्रोत व्यवस्थापन, बजार शास्त्रलगायतका बारेमा अध्यापन गराउने गरी पाठ्यक्रम तयार गरिएको छ ।
व्यवसाय गर्दा विभिन्न चिठीपत्रमार्फत सरकार, विभिन्न निकाय, कर्मचारीलगायतसँग सम्पर्क स्थापना गर्नुपर्ने हुन्छ । त्यसरी सम्पर्क स्थापना गर्दा विशिष्ट भाषा र ढाँचामा ध्यान पु¥याउनुपर्छ । अङ्ग्रेजी विषयमा निबन्ध र लेख लेख्ने तरिकाका बारेमा समेत जानकारी गराइने गरिन्छ ।

व्यवस्थापन पढेपछि के बन्न सकिन्छ
व्यवस्थापन विषय भन्नेबित्तिकै चार्टर्ड एकाउन्टेन्ट अथवा कुनै बैङ्कको प्रमुख कार्यकारी अधिकृतको दृश्य आँखा अगाडि आउने गर्छ । विद्यार्थीलाई आफ्नो मालिक आफैँ बन्ने क्षमताको विकास गरी आफ्नै व्यवसाय सुरु गर्न सक्ने अर्थात् उद्यमशीलतासम्बन्धी सीपको विकास गराउने गरेको छ । व्यवस्थापनको अध्ययनपश्चात् जनशक्ति व्यवस्थापन, व्यवसाय सञ्चालनजस्तै कर्मचारी तथा योग्य व्यक्तिको छनोटलगायत व्यवस्थापनसँग सम्बन्धित विभिन्न परामर्श सेवा प्रदान गर्ने संस्था खोल्न सक्ने क्षमता विद्यार्थीमा विकसित हुन्छ । यसबाहेक देहायका क्षेत्रमा रोजगारी अथवा स्वरोजगारीका अवसर विद्यार्थीले प्राप्त गर्न सक्छन् ।

लेखापाल
बजार तथा विज्ञापन क्षेत्र
बैङ्किङ सेवा
लगानीसम्बन्धी परामर्शकर्ता
सेयर दलाल
सामाजिक सन्जाल व्यवस्थापन
व्यवसाय विश्लेषक
उत्पादन व्यवस्थापक
तथ्याङ्क विश्लेषक
बीमासँगसम्बन्धी
जोखिम व्यवस्थापक तथा विश्लेषक
जग्गा कारोबार
तालिम तथा विकास अधिकृत
जनसम्पर्क अधिकृत
गुनासो तथा सुविधा व्यवस्थापन
बजार अनुसन्धानकर्ता
शिक्षण पेसा 
यसबाहेक सरकारीतर्फ निजामती सेवाका लागि लोकसेवा आयोगले विज्ञापन गर्ने पदहरू, नेपाल राष्ट्र बैङ्कलगायत अन्य सरकारी बैङ्कहरू, विभिन्न संस्थानहरूमा समेत व्यवस्थापन विषय पढेकाले रोजगारी पाउँछन् । 

Read More
  • MBL - below news