काठमाडौं : सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यस दिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।
बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।






