काठमाडौं : ब्रोकर कम्पनी सञ्चालकका परिवारलाई सेयर खरिद गर्न नेप्सेबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ । नेप्सेले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८० मार्फत उक्त व्यवस्था गर्न लागेको हो । उक्त विनियमावली नेप्से सञ्चालक समिति बैठकबाट पारित गरर धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको छ ।
धितोपत्र बोर्डमा पुगेको उक्त विनियमावली माथि अहिले अध्ययन भइरहेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले नेपाली पैसालाई बताए । ‘यसमाथि अहिले कानुन शाखाले अध्ययन गरिरहेको छ’ उनले भने, ‘आवश्यक अध्ययनपछि यसलाई स्वीकृत दिने प्रक्रिया अगाडी बढाइनेछ ।’






