शिवम् र घोराहीको मूल्य अन्तर घट्दै, शिवमलाई घोराहीले जित्ला?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिवम् र घोराहीको मूल्य अन्तर घट्दै, शिवमलाई घोराहीले जित्ला?

शिवम सिमेन्ट र घोराही सिमेन्टको मूल्यको अन्तर घट्दै गएको छ। केहि समय अघि मात्रै कारोबार खुलेको घोराही सिमेन्टले शिवमलाई जित्न नसकेपनि मूल्य अन्तर भने घटाउँदै लगेको छ।

आइतबारको कारोबार मूल्य अनुसार शिवम र घोराही सिमेन्टको शेयरमूल्यमा करिब २० रुपैयाँको मात्र फरक छ। शिवम् सिमेन्ट प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भएको छ भने घोराही सिमेन्ट ४८६ रुपैयाँमा करोबार भएको छ।

घोराही सिमेन्ट आईपीओ जारी गरेदेखि नै निकै चर्चामा रहेको छ। यसले गर्दा पनि कम्पनीको शेयरमूल्य के होला भन्ने चासो सबैमा छ। तर कम्पनीको शेयरमूल्य दोस्रो बजारमा पहिलोपटक खुलेको कारोबार मूल्यभन्दा पनि तल झरिसकेको छ।

प्रिमियममा शेयर निष्कासन गरेको कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबार खुलेको दिन नै नकारात्मक सर्किट लागेर घटेको थियो तर दोस्रो दिनदेखि घट्ने क्रम केहि सुस्त छ। पहिलो कारोबार ५६५ रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य ५८१ रुपैयाँसम्म पुगेको भए पनि ५०९ रुपैयाँमा कारोबार भएको थियो। अहिले कम्पनीको शेयरमूल्य ५०० रुपैयाँ तल झरिसकेको छ। घोराही सिमेन्टमा पनि शिवम् सिमेन्टको जस्तै प्रबृत्ति दोहोरिन सक्ने आँकलन धेरैले गरेका छन् ।

शिवम सिमेन्टले आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार खुल्दा पनि पहिलो दिन नै उसको शेयरमूल्य उच्च दरमा घटेको थियो। तर केहि समयपछि कम्पनीको शेयरमूल्य पुनः उकालो लागेको थियो।

शिवम् सिमेन्ट कुल चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कुल सूचीकृत ४ करोड ४० लाख कित्ता शेयरमा ३ करोड ८७ लाख २० हजार कित्ता शेयर सँस्थापक छ भने बाँकी ५२ लाख ८० हजार कित्ता साधारण शेयर छ। तर कम्पनीले आईपीओ जारी गरेको ३ वर्ष पुगिसकेकोले संस्थापक शेयरको समेत लकइन पिरेड खुलिसकेको छ। जसले गर्दा कम्पनीकाे संस्थापक शेयर पनि साधारण शेयर सरहनै कारोबार गर्न सकिन्छ। यसले गर्दा कम्पनीको शेयरमा बढी आपूर्ति रहेको देखिन्छ।

Read More
  • EBL Ad news