काठमाडौं : साउन महिनासम्म आइपुग्दा कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७५ करोड ४० लाख रुपैयाँबाट घटेर ७१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि घटेको छ । न्याभ २२ पैसाले घटेर १० रुपैयाँ ८१ पैसामा झरेको छ ।
असारमा यसको न्याभ ११ रुपैया ०३ पैसा रहेको थियो । साउन मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दात १६ करोड २७ लाख रुपैयाँ छ । यस अवधिमा ७४ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ । यस फन्डको मुद्दति निक्षेपमा २ करोड रुपैयाँ छ । साउन मसान्तसम्म यो फन्ड २ करोड १७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत महिना फन्ड ६ करोड ९१ लाख रुपैयाँ नाफामा रहेको थियो ।






