३ सय ५४ रुपैयाँसम्म पुगेको नागरिक रिपब्लिकको शेयर मूल्य ओपनिङ मूल्यमै फर्कियो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
३ सय ५४ रुपैयाँसम्म पुगेको नागरिक रिपब्लिकको शेयर मूल्य ओपनिङ मूल्यमै फर्कियो

नागरिक दैनिकको प्रकाशक नागरिक रिपब्लिक मिडिया लिमिटेडको शेयर आइतबार शुरुवाती मूल्यकै हाराहारीमा आएको छ । नेपालको पुँजी बजारमा अहिलेसम्म एउटै मात्रै मिडिया क्षेत्रको कम्पनी सुचीकृत छ ।

कैयौ वर्ष घाटामा सञ्चालनमा रहेको नागरिक रिपब्लिक मिडियाले शेयर निष्काशन गर्ने समयमा भने जग्गा बिक्री गरेर आफ्नो ब्यालेन्स सिटलाई आकर्षक बनाएको थियो ।

साउन २१ गते पहिलोपटक शेयर बजारमा कारोबार हुँदा २५० रुपैयाँ ४० पैसामा कारोबार खुला भएर २७५ रुपैयाँ ४० पैसामा बजार बन्द भएको थियो । ‘एनआरएम’ कोडमा कारोबार भइरहेको उक्त कम्पनीले लगातार तीन दिनसम्म सर्किट लेभलमा कारोबार भएर ३ सय ८ रुपैयाँ ९० पैसासम्म पुगेको थियो । चौथो दिन इन्ट्रा डेमा ३५४ रुपैयाँ ७० पैसाको अधिकतम मूल्यमा कारोबार भएर सोही दिन ३ सय ६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस लगत्तै लगातार घटिरहेको एनआरएमको शेयरले करिब ३ हप्तापछि शुरुवाती मूल्यकै हाराहारीमा कारोबार भइरहेकाे छ । आइतबार बजार बन्द हुँदा भने २५५ रुपैयाँमा अन्तिम काराेबार भयाे ।

Read More
  • EBL Ad news