जोशी हाइड्रोले डाक्यो एजीएम, ६५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जोशी हाइड्रोले डाक्यो एजीएम, ६५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै

जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा भदौ ३१ गते, लिसारा ब्याङ्क्वेट हल, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको जारी पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने र सेयर निष्कासनकाे लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिन्छ । कम्पनीले हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको पूँजी वृद्धि हने भएकोले कम्पनीको पबन्ध-पत्रको दफा ६(क), ६(ख), (घ) र ७ क) को संशोधन गर्ने तथा नियमावलीको नियम १८ (६), १९(७), २०, २३(१) र २(क) लाई कम्पनी ऐनको व्यवस्था अनुरुप संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ ।

Read More
  • EBL Ad news