ङादी ग्रुप पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ङादी ग्रुप पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं : ङादी ग्रुप पावरलाई १००% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो । ङादीको हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । 

आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई स्वीकृति दिएको हो । यसअघि कम्पनीको साउन १४ गते बसेको विशेष साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । ङादीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

Read More
  • EBL Ad news