भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(BHDCL)ले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा अन्तिम दिनसम्ममा २१.४८ गुणा बढी आवेदन परेको छ। कम्पनीकाे शेयरमा १३ लाख भन्दा बढी आवेदककाे हात खाली हुने भएकाे छ ।
सेबाेनकाे बाँडफाटँ प्रकृया अनुसार भगवती हाइड्राेपावरकाे शेयर ७१ हजार २२२ जनाले मात्र प्राप्त गर्नेछन् ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार शुक्रबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १३ लाख ८८ हजार ११५ आवेदकले एक करोड ५३ लाख ३ हजार ६५० कित्ताको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट एक अर्ब ७७ करोड ५२ लाख २३ हजार ४०० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा २१.४८ गुणा बढी हो। कम्पनीले ७ लाख १२ हजार २२० कित्ताको लागि आह्वान गरेको थियो।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको थियाे।






