भारतीय सेयर बजार : ६ अर्ब बजेटमा उडेको चन्द्रयानले ल्यायो ३ खर्ब भारुको ‘स्टक र्‍याली’


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजार : ६ अर्ब बजेटमा उडेको चन्द्रयानले ल्यायो ३ खर्ब भारुको ‘स्टक र्‍याली’

काठमाडौं : भारतले निकै सानो रकम खर्चमा चन्द्रमामा अवतरण गरेर विश्व चकित बनाइरहेको बेला भारतीय सेयर बजारका स्पेस (अन्तरिक्ष) सेक्टरका स्टकहरुमा भने खरबौं लगानी थपिएको छ । भारतले चन्द्रयान–३ का लागि मात्र ६ अर्ब १५ करोड भारतीय रुपैयाँ (भारु) खर्च गर्दा स्पेस सेक्टरका स्टकहरुमा भने ३ खर्ब भारु बढीको र्‍याली देखिएको हो ।

भारतको चन्द्रमा मिसन सफल भएपछि भारतीय लगानीकर्ताहरुले एरोस्पेससँग कुनै न कुनै रुपमा सम्बन्धित सबै कम्पनीहरुमा खरबौं रुपैयाँ लगानी खन्याएका हुन् । भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सका अनुसार यस साताको पहिलो ४ कारोबार दिनमा स्पेस सेक्टरसँग सम्बन्धित १३ सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ३ खर्ब ७ अर्ब रुपैयाँले बढेको छ ।

Read More
  • EBL Ad news