आईपीओ निकाल्दा प्रक्षेपण गरेको भन्दा वास्तविक विवरणमा अत्याधिक फरक, प्रक्षेपण गरेको विवरणलाई आधार मानेर लगानी गर्नु घातक


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निकाल्दा प्रक्षेपण गरेको भन्दा वास्तविक विवरणमा अत्याधिक फरक, प्रक्षेपण गरेको विवरणलाई आधार मानेर लगानी गर्नु घातक

रबिन पौडेल
आईपीओ निकल्ने समय कम्पनीहरुले प्रक्षेपण गरेको र वास्तविक विवरणमा अत्याधिक फरक हुने गरेको देखिएको छ। कम्पनीहरुले आईपीओ जारी गर्दा प्रक्षेपण गरेको विवरणभन्दा धेरै फरक विवरण आउने गरेको देखिन्छ।

गत आर्थिक वर्षमा आईपीओ निष्काशन गरेका कम्पनीहरुले गरेको प्रक्षेपण पनि यस्तै देखिएको छ। अधिकांश कम्पनीले प्रक्षेपण गरेको भन्दा धेरै फरक विवरण सार्वजनिक गरेका छन्।

गत वर्ष करिब तीन दर्जन कम्पनीले आईपीओ जारी गरेका थिए। आईपीओ जारी गर्नेमा धेरै हाइड्रोपावर कम्पनी रहेका छन्। हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरण हेर्दा प्रक्षेपण गरे भन्दा धेरै फरक विवरण देखिएको छ।

गत आर्थिक वर्षमा आईपीओ जारी गरेको पिपुल्स हाइड्रोपावरले गत आर्थिक वर्षको अन्तिमसम्ममा ८ रुपैयाँ ५२ पैसा प्रतिशेयर आम्दानी आउने प्रक्षेपण गरेको थियो। तर कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्ममा उसको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६५ पैसाले ऋणात्मक देखिएको छ।

यस्तै बाराही हाइड्रोपावरले प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४९ पैसा हुने प्रक्षेपण गरेको थियो। तर उसको वास्तविक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा ऋणात्मक छ।

एशियन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण गरेको थियो। तर उसले प्रकाशित गरेको विवरण अनुसार गत असारसम्ममा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसाले ऋणात्मक छ।

यस्तै सुपरमाई हाइड्रोपावरले २३ रुपैयाँ ७६ पैसा प्रतिशेयर आम्दानी पुग्ने प्रक्षेपण गरेकोमा उसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ।

मोलुङ खोला हाइड्रोपावरले ७ रुपैयाँ २३ पैसा प्रतिशेयर आम्दानी पुग्ने प्रक्षेपण गरेकोमा उसको बास्तविक प्रतिशेयर आम्दानी १ रुपैयाँ ४२ पैसाले ऋणात्मक देखिएको छ।

Read More
  • EBL Ad news