कठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ४० करोड ६४ लाख ७ हजार २०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (भदौ ७ गते) साँझ ५ः०७ बजेसम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १७.०२३ गुणा बढी आवेदन हो ।
कम्पनीले भदौ ५ गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । यसमा शुक्रबार (भदौ ८ गते) सम्म आवेदन दिन सकिन्छ । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।






