काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘Daraz Monthly Payday योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भाद्र देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७ सय ५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्ने जनाईएको छ ।








