काठमाडौँ — अघिल्ला दुई दिन बढेको सेयर बजार बिहीबार भने ३१.५२ अंक घटेको छ । सो अंकको गिरावटपछि परिसूचक नेप्से २०१३ अंकमा कायम भएको छ । यसअघि बुधबार २९ र मंगलबार १७ अंकले नेप्से बढेको थियो ।
कुल १ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार रकम हिजोको तुलनामा ४ करोड बढी हो । १७ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रहृयो । बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंक घटे ।





