भगवती हाइड्रोपावरको आइपीओमा मागभन्दा १२.१५ गुणा बढी आवेदन, भर्ने कति पुगे ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भगवती हाइड्रोपावरको आइपीओमा मागभन्दा १२.१५ गुणा बढी आवेदन, भर्ने कति पुगे ?

कठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ४५ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (भदौ ६ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ७२ हजार ३५४ जनाले ८६ लाख ६० हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १२.१५ गुणा बढी आवेदन हो । 

कम्पनीले मंगलबार (भदौ ५ गते) देखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । 

Read More
  • EBL Ad news