काठमाडौँ । बुधबार पनि नेप्से सूचक उकालो लागेको छ । अघिल्लो दिन १७ अंकले बढेकोमा आज थप २९.४७ अंकले बढ्दै नेप्से सूचक २ हजार ४५.४५ अंकको विन्दुमा उक्लिएको हो ।
क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।






