काठमाडौं । मार्जिन लेन्डिङ अर्थात् सेयर धितो कर्जामा केन्द्रीय बैंकको निरुत्साहन नीतिले पछिल्लो तीन वर्षमा सेयर धितो राखेर कर्जा लिनेहरूको संख्यात्मक तीब्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतको गिरावट आएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सेयर धितोमा १ खर्ब ६० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा जम्मा ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बराबरको मात्र लगानी गरेका छन् ।






