भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा पहिलो दिन नै चार गुणा बढी आवेदन परेको छ।
केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)का अनुसार पहिलो दिन तीन लाख एक हजार आठ सय ७५ आवेदकले ३४ लाख २२ हजार २० कित्ताको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ३९ करोड ६९ लाख ५४ हजार तीन सय २० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा ४.८० गुणा बढी हो। कम्पनीले सात लाख १२ हजार दुई सय २० कित्ताको लागि आह्वान गरेको थियो।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको छ।






