राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुलाई ओम हस्पिटलको उपचार सेवामा विशेष छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुलाई ओम हस्पिटलको उपचार सेवामा विशेष छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट-क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात बैंकका डेबिट-क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ ।

Read More
  • MBL - below news