काठमाडौं : अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से मंगलबार पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सरकारले स्थानीय तहको ६०% रकमलाई निक्षेपमा गणना गर्न दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहको ६०% रकमलाई निक्षेपमा गणना गर्न दिने निर्णय गरेका हुन् । अर्थमन्त्रीको सचिवालय स्रोतले आइतबार अर्थमन्त्रीले उक्त निर्णय गरेको जानकारी दिएको छ ।






