नेपाल स्टक एक्चेन्ज (नेप्से) को प्राथमिक सेयर (आइपिओ) ल्याउने विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महत सकारात्मक देखिएका छन्।
'केही दिनअघि हामीले अर्थमन्त्री समक्ष नेप्सेको आइपिओ ल्याउन तयार पारेको प्रतिवेदनमा छलफल गरेका थियौं, मन्त्रीज्यू यसमा सकारात्मक हुनुभएको छ,' नेप्सेका एक उच्च अधिकारीले दाबी गरे।
नेप्सेको सञ्चालक समितिले पारित गरेको 'नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदन' अर्थमन्त्री समक्ष पेश भएर छलफल भएको हो।
नेप्सेका प्रबन्धक निरन्जन फुयाँलले पनि प्रतिवेदन अर्थमन्त्रालय पठाएको पुष्टि गरेका छन्।





