२ हजार अंकभन्दा तल झर्‍यो सेयर बजार, सबै उपसमूह घटे


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ हजार अंकभन्दा तल झर्‍यो सेयर बजार, सबै उपसमूह घटे

काठमाडौँ — सेयर बजार २ हजार अंकभन्दा तल झरेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १२.९३ अंक घटेर १९९८ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । हिजो १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो । 

दिनभर कुल ४८ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने ७ को स्थिर रहृयो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ ४.४, विकास बैंक १३, फाइनान्स २२, होटल तथा पर्यटन ३८, जलविद्युत् २९, जीवन बीमा ८४, उत्पादन ५६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४९, अन्य ८ र व्यापार उपसमूह ३३ अंक घटे ।

Read More
  • EBL Ad news