मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजारभन्दा बढीको आवेदन रद्द


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजारभन्दा बढीको आवेदन रद्द

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा आइतवार आईपीओ बाँडफाँट भएको हो । 
गोलाप्रथाबाट भएको बाँडफाँटमा भाग्यमानी २ लाख २७ हजार ६६२ जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीले सर्वसाधारणमा साउन २८ देखि ३१ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख १६ हजार ५२९ जना आवेदकहरूले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए । 

Read More
  • EBL Ad news