काठमाडौँ — आइतबार सेयर बजारको परिसूचक नेप्से २१.९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०११ अंकमा कायम भएको छ । कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । २९ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ८ को स्थिर रहृयो
। बजारका सबै उपसमूह झरेका छन् । बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बीमा १३४, उत्पादन ८८, निर्जीवन बीमा १७२, अन्य २३ र व्यापार उपसमूह ३६ अंक घटे । फरवार्ड माइक्रोफाइनान्सको मूल्य ४.५ तथा आरएसडीसीको ४ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, ज्योति विकास बैंक, सोल्टी होटल र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।





