काठमाडौं : नेपाल विद्युत् प्राधिकरण प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारीमा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई समेत सेयर जारी गर्ने गरी तेस्रो चरणको वित्तीय पुनर्संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारमा पेस गरेको बताएका छन् ।
प्राधिकरणको ३८औँ वार्षिकोत्सवमा बोल्दै उनले प्रिमियम मूल्यमा सेयर जारी हुने बताएका हुन् । ‘प्राधिकरणको तेस्रो आर्थिक पुनर्संरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ’ उनले भने, ‘स्वीकृति प्रश्चात प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्नेछ ।’





