अघिल्ला साताहरुमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो । साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन भने नेप्से परिसूचक घटेको छ । गत साता केही बढेको सेयर बजारले लय पक्रिन नसक्दा यस साता २ हजार विन्दुको आसपासमा परिसूचक झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार सेयर बजार २०३३.१३ विन्दुमा छ । गत साताको अन्तिम कारोबार दिन (बिहीबार) परिसूचक २०८०.८६ विन्दुमा उक्लिएको थियो, जुन सो साताकै उच्च थियो । गत साता २१०० विन्दुमा बजार जाने प्रयास गरे पनि यस साताको निरन्तरको गिरावटले त्यसो भएन । यद्यपि, परिसूचक २ हजार विन्दु नजिक रहेको छ । गत आइतबार २०८०.८६ विन्दुमा रहेको नेप्से परिसूचक क्रमशः घट्दै बिहीबारसम्ममा २०३३.१३ विन्दुमा झरेको छ । गत आइतबार १४.८१ अंकले वृद्धि भएको परिसूचक सोमबार ३.६१ अंकले गिरावट भएको थियो । सो गिरावटले बुधबारसम्म नै निरन्तरता पायो । मंगलबार ३१.८० अंकको गिरावट आई २०४५.४४ विन्दुमा झरेको थियो । बुधबार २०.३१ अंकले घटी परिसूचक २०२५.१२ को विन्दुमा झ¥यो । बिहीबार भने बजार सकारात्मक रह्यो ।






