राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिजले पायो ब्रोकर लाईसेन्स


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिजले पायो ब्रोकर लाईसेन्स

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।  

२० करोड रुपैंया चुक्ता पुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने जनाएको छ । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पँुजी बजारको सेवा लिन सकिने विश्वास गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Read More
  • MBL - below news