तीन दिनपछि बढ्यो नेप्से, व्यापार समूहमा लगानीकर्ताको उच्च आकर्षण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन दिनपछि बढ्यो नेप्से, व्यापार समूहमा लगानीकर्ताको उच्च आकर्षण

लगातार तीन दिन ५५.७२ अंकले घटेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ पुगेको छ।

Read More
  • EBL Ad news