काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा १ अर्ब ५४ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन ३१ गते) साँझ ५.०६ बजेसम्म १३ लाख ९५ हजार ७० जनाले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.८० गुणा बढी आवेदन हो ।






