लगातार तेस्रो दिनपनि नेप्से परिसूचक घटेको छ। सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको हो।
यस तीन दिनमा नेप्से परिसूचक ५५.७२ अंकले घटेको छ।
यससँगै तीन दिनमा लगानीकर्ताको सम्पत्ति ६२ अर्बले ह्रास आएको छ। आइतबार ३० खर्ब ९३ अर्ब कुल बजार पुँजीकरण रहेकोमा बुधबार ३० खर्ब ३१ अर्बमा सीमित रहेको छ।
बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।






