अपर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ बत्तीसपुतलीमा शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ६१ हजार १ सय ५४ जनाको आवेदन परेकोमा १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८३ हजार ५ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।





