काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ । यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ ।
सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ ।
बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।






