रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, आयोगले दियो स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, आयोगले दियो स्वीकृति

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न आयोगले साउन २८ गते स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको असार ८ गते सबेको बिशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागिएको हो । आयोगले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि मात्र निष्कासन गर्न कम्पनीलाई पूर्व स्वीकृति प्रदान गरेको हो ।

Read More
  • EBL Ad news