मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो

काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै ३९ करोड १४ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार साँझ ५.०६ बजेसम्म ३ लाख ४२ हजार ६६० जनाले ३९ लाख १४ हजार ९१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.७१ गुणा बढी आवेदन हो ।  

यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हाइड्रोपावरले आज (साउन २८ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । 

Read More
  • EBL Ad news