नेप्से परिसूचक दोहोरो अंकले वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा कायम भएको हो ।

आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः एक दशमलव ३०, १० दशमलव ३४, १३ दशमलव ५५ र शून्य दशमलव १८ अंकले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् ।

Read More
  • EBL Ad news