स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपवार र अप्पर साँङ्गेको पहिलो कारोबार?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपवार र अप्पर साँङ्गेको पहिलो कारोबार?

साउन २८ गते, आइतबार स्पेशल प्रि ओपन सेसनमा घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर (TSHL) र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपन सेसनमा घोराही (GCIL) को शेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो भने थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साँङ्गे (USHL) को २५३ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

यी तीन कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सले घोराहीको पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। त्यसैगरी, नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा र अप्पर साँङ्गे हाइड्रोपावरलाई न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यी कम्पनीहरुको यस दिन पहिलो कारोबार भएको हो।

Read More
  • EBL Ad news