लक्ष्मी बैंकको भिसा कार्ड डिजाइन प्रतियोगिता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी बैंकको भिसा कार्ड डिजाइन प्रतियोगिता

काठमाडौं (अस) । लक्ष्मी बैंकले भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङद्वारा देशभर खुला प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताको उद्देश्य सातै प्रदेशका कला र संस्कृतिको प्रतिनिधित्व गर्ने डिजाइनको खोजी भएको बैंकले बताएको छ ।

प्रतियोगितामा नेपाली नागरिक वा नेपालमा दर्ता भएको कम्पनी सहभागी हुन सक्नेछन् । डिजाइन मौलिक र कपीराइट उल्लंघन नभएको हुनुपर्नेछ । डिजाइनको कन्सेप्ट फोटो पेन्टिङ वा ग्राफिक्स इलस्ट्रेशनमार्फत पेश गर्न सकिने कम्पनीले जानकारी दिएको छ । प्रत्येक प्रदेशका विजयीले नगद पुरस्कार स्वरूप रू. ५० हजार प्राप्त गर्नेछन् । यसरी ७ प्रदेशका लागि पुरस्कार रकम रू. ३ लाख ५० हजार रहेको छ ।

Read More
  • MBL - below news