विकास ऋणपत्रमार्फत आज १० अर्ब आन्तरिक ऋण उठाइने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विकास ऋणपत्रमार्फत आज १० अर्ब आन्तरिक ऋण उठाइने

आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ आज (आइतबार) बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारलाई ऋण उठाउन लागेको हो। 

विकास ऋणपत्र आज अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यस विकास ऋणपत्रलाई  बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यस ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

Read More
  • EBL Ad news