कुमारीमा पोष्ट मर्जरको लफडा-१ : डेपुटी सीइओ खनाललाई कारवाहीको माग गर्दै युनियनको विज्ञप्ति, विवाद उत्कर्षमा !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारीमा पोष्ट मर्जरको लफडा-१ : डेपुटी सीइओ खनाललाई कारवाहीको माग गर्दै युनियनको विज्ञप्ति, विवाद उत्कर्षमा !

काठमाडौँ । पछिल्लो समय ‘क’ बर्गका बाणिज्य बैंकहरु पनि भकाभक मर्जरमा गए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु, हिमालयन र सिभिल बैंक, लक्ष्मी र सनराइज बैंक, मर्जरमा गए । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गर्यो । यी सबैजसो बैंकमा पोष्ट मर्जरले कुनै न कुनै तिक्तता ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकमा कर्मचारीको समायोजन अझै मिलेको छैन । ग्लोबल आईएमई बैंकबाट तत्कालीन बैंक अफ काठमाण्डुका हाकिम र धेरै कर्मचारीहरु आउट भएका छन् । सिभिल बैंकका तत्कालीन हाकिमको बरियता नै निकै तल झारिदिएपछि हाकिमले बैंक छोडेका छन् । लक्ष्मीमा कर्मचारीको लफडा अझै सकिएको छैन । बैंकमा बस्ने वातावरण नभएको भन्दै तत्कालीन सनराइज बैंकका कर्मचारीहरु भकाभक बैंक छोडिरहेका छन् । यहाँसम्म त ठिकै थियो, कुमारी बैंकमा त पोष्ट मर्जरले यतिसम्म लफडा निम्त्याएको छ कि दुई बैंक एक भए पनि, कर्मचारीदेखि उच्च तहका व्यवस्थापन पनि दुई कित्तामा देखिएका छन् ।

Read More