भारतको केन्द्रीय बैंकद्वारा लगातार तेस्रो पटक ब्याजदर स्थिर राख्ने निर्णय, सेयर बजारमा भने नकारात्मक असर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतको केन्द्रीय बैंकद्वारा लगातार तेस्रो पटक ब्याजदर स्थिर राख्ने निर्णय, सेयर बजारमा भने नकारात्मक असर

काठमाडौं : भारतीय सेयर बजारमा बिहीबार गिरावट आएको छ । भारतको केन्द्रीय बैंकले लागातर तेस्रो पटक ब्याजदर स्थिर राख्ने निर्णयपछि सेयर बजार प्रभावित भएको हो । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को मौद्रिक नीति कमिटिको बिहीबार सम्पन्न बैठकले लगातार तेस्रो पटक रिपो रेट ६.५% मा स्थिर राख्ने निर्णय गरेको हो । 

यसको असर सेयर बजारमा देखिएको छ । बिहीबार बीएसई सेन्सेक्स सूचक ३०७ अंकले घटेर ६५,६८८ विन्दुमा बन्द भएको छ भने निफ्टी ५० सूचक पनि ८९ अंकले घटेर १९,५४३ विन्दुमा बन्द भएको छ । आरबीआईको बिहीबारको बैठकले मुद्रास्फीतिको दबाब बढ्न सक्ने भन्दै आगामी महिनामा ब्याजदर बढ्न सक्ने संकेत गरेपछि सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।

Read More
  • EBL Ad news