रिलायवल नेपाल लाइफको आईपीओमा करिब ११ लाखको आवेदन, १.३६ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिलायवल नेपाल लाइफको आईपीओमा करिब ११ लाखको आवेदन, १.३६ गुणा बढी शेयर माग

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडल निष्काशन गरेको आईपीओमा करिब ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०६ बजेसम्ममा १० लाख ८२ हजार ३७९ आवेदकबाट ३ अर्ब ३५ करोड ६२ लाख ८१ हजार २२० रुपैयाँ बराबरको १ करोड ३० लाख ५९ हजार ४६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.३६ गुणा बढी हुन आउँछ ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

Read More
  • EBL Ad news