आर्थिक मन्दीमा परेको पाकिस्तानको सेयर बजार ६ वर्ष यताकै उच्च विन्दुमा, श्रीलंकाको १ वर्षमा ६४ प्रतिशतले बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्थिक मन्दीमा परेको पाकिस्तानको सेयर बजार ६ वर्ष यताकै उच्च विन्दुमा, श्रीलंकाको १ वर्षमा ६४ प्रतिशतले बढ्यो

काठमाडौं : आर्थिक अवस्था निकै कमजोर रहेको पाकिस्तान र श्रीलंकाको सेयर बजार भने तीब्र गतिमा अगाडि बढेको छ । यी दुई देशको विदेशी मुद्रा सञ्चितिमा आएको कमिका कारण जनजीवन अझै पनि निकै प्रभावित रहेको छ । तर यस्तो अवस्थामा पनि सेयर बजार भने बढेको देखिन्छ । यद्धपि, पछिल्लो समय दुवै देशको आर्थिक अवस्थामा केही सुधार हुँदै गएको छ । 

पाकिस्तान स्टक एक्सचेन्जका अनुसार त्यहाँको मुख्य ‘केएसई १००’ इन्डेक्स यो समाचार तयार पार्दै गर्दा ४८ हजार ४५८  विन्दुमा पुगेको छ । यो २०१७ यताकै उच्च विन्दु हो । सन् २०१७ जुलाईमा सूचक करिब ४८ हजार विन्दुमा थियो । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ऋण दिने भएपछि त्यहाँको सेयर बजारमा ठूलो वृद्धि देखिएको हो । 

Read More
  • EBL Ad news