काठमाडौं : सेयर बजार सूचक नेप्सेले बुधबार २ हजारको मनोवैज्ञानिक विन्दुुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार पनि सामान्य हिसाबले सकारात्मक बनेको छ । यस दिन नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।
यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो ।






