हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, लगानीकर्ताले पाए २० कित्ताका दरले शेयर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, लगानीकर्ताले पाए २० कित्ताका दरले शेयर

ग्लोबल आइएमई क्यापीटल लि. को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हाथवे इन्भेष्टमेण्ट नेपाल लि.को जारी पूँजी रु १ अर्ब १७ करोड मध्ये १२.५०% अर्थात रु. १४ करोड ६२ लाख ५० हजार रकम बराबरको प्रति कित्ता अंकित मुल्य रु. ५०।– दरको २९,२५,००० कित्ता साधारण शेयरको १०% अर्थात २,९२,५०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहिरहेको नेपाली नागरिकहरुका छुट्टाइएको शेयर नेपाल धितोपत्र बोर्डबाट मिति २०८०/०३/१७ गतेको  स्वीकृति विवरणपत्रको अधिनमा रही मिति २०८०÷०४÷०४ गतेदेखि मिति २०८०/०४/१८ गतेसम्म सार्वजनिक निष्काशन मार्फत् बिक्री खुल्ला गरिएकोमा आवशयक भन्दा बढी शेयरको लागि आवेदन प्राप्त भएको छ ।

उक्त अवधिमा जम्मा २,९२,५०० कित्ता शेयरको लागि वैदेशिक रोजगारमा रहिरहेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएकोमा आवश्यक भन्दा झण्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको छ । उक्त शेयरका लागि आज मिति २०८०/०४/२५ गते बिहिबारका दिन बिहान ९ः०० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लि. को रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा नियामक निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट कार्य सम्पन्न भएको छ । 

२,९२,५०० कित्ता शेयरको लागि जम्मा २७,२३६ जना आवेदनहरुबाट १४,१७,४४० कित्ता शेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक रुजु र छानबीन पश्चात् दोहोरो आवेदन दिने र श्रम अनुमतिको म्याद सकिएको कारणले ५ वटा आवेदन (३ जना आवदेकको)  मार्फत प्राप्त  २६० कित्ता शेयर रद्द गरी २७,२३१ जना आवेदकहरुबाट प्राप्त भएको १४,१७,१८० कित्ता शेयर बाँडफाँट लागि योग्य रहेको देखिएकोले २० कित्तादेखि १,००,००० कित्तासम्म आवेदन दिनुहुने २७,२३१ जना आवेदकमध्ये १४,६२५ जनालाई गोलाप्रथा विधि मार्फत २० किताका दरले बाँडफाँट गरिएको छ ।  त्यसैगरी सामूहिक लगानी कोषहरुको लागि निष्कासन गरिएको २९,२५,००० कित्ता साधारण शेयरको ५% अर्थात १,४६,२५० कित्ता शेयर १३ वटा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित ४३ वटा सामुहिक लगानी कोषका योजनाहरुलाई समानुपातिक रुपमा बाँडफाँट भैसकेको छ ।

  • EBL Ad news