डिम्याट नवीकरणबाट २० करोड आम्दानीको अनुमान, नवीकरण नर्गनेले आईपीओ भर्नै नपाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिम्याट नवीकरणबाट २० करोड आम्दानीको अनुमान, नवीकरण नर्गनेले आईपीओ भर्नै नपाउने

भदौ १५ देखि १७ लाख लगानीकर्ताले आईपीओमा आवेदन दिन नपाउने भएका छन् ।सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने निर्णय गरेसंगै डिम्याट नवीकरण नगरेका १७ लाख लगानीकर्ताले नवीकरण नगरेसम्म आईपीओमा आवेदन दिन नपाउने भएका हुन्।

सिडीएसको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख बढी रहेको छ । यी मध्ये करिब ३५ लाख खाता मात्र नवीकरण रहेको छ। बाँकि खाता नवीकरण भएका छैनन् । डिपी भनेर चिनिने डिम्याट खोल्ने कम्पनीहरुले करिब १७ लाख डिम्याट खाता नवीकरण हुन बाँकि रहेको तथ्यांक सिडीएसलाई उपलब्ध गराएका छन् । तर यो संख्या करिब २० लाख भएको सिडीएसको अनुमान छ । 

Read More
  • EBL Ad news