काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ ।
बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए ।








