थामिएन सेयर बजार, अन्तिम प्रहरमा किन झन् उच्च अंकले घट्यो नेप्से ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थामिएन सेयर बजार, अन्तिम प्रहरमा किन झन् उच्च अंकले घट्यो नेप्से ?

काठमाडौं : सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा अएर अडिएको छ ।

 दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । 

बजारमा आम लगानीकर्ताको मनोबल कमजोर बनेको र यसरी कमजोर भएको मनोबल उकास्ने सकारात्मक खबर आउन नसक्दा नेप्से थप तेज गतिमा घटेको जानकारहरुले बताएका छन् । बजार सामान्ययतः माग र आपूर्तिमा निर्भर हुन्छ । मागभन्दा आपूर्ति पक्ष बलियो हुँदा बजार घट्ने गर्छ । 

Read More
  • EBL Ad news