मैलुङ जलविद्युतको शेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मैलुङ जलविद्युतको शेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

काठमाडौं । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको शेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या  नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह  गरेको हो । 

कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन । 

Read More
  • EBL Ad news